
काठमाण्डु, १३ पुस– विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चोतावनी दिएको छ छ । ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले यस्तो चेतावनी दिएको हो ।
ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा फिफाले एड्नाल्डो रोड्रिगेजको स्थानमा नयाँ अध्यक्ष चुनिए प्रतिबन्ध गर्ने चेतावनी दिएको हो । यसअघि गत डिसेम्बर ७ मा रियो दी जेनेरियोको अदालतले रोड्रिगेजलाई हराउने निर्णय गरेको थियो ।
त्यसबेला अदालतले रोड्रिगेजले गरेको अनियमिततालाई कारण देखाउँदै हटाउने आदेश दिएको थियो । फिफाले फुटबलमा सरकारी हस्तक्षेपको सधैँ वर्जित गर्दै आइरहेको छ ।
यसैकारण अदालतको निर्णयअनुसार जनवरीमा निर्वाचन भए ब्राजिललाई फिफाले यस्तो चेतावनी दिएको हो । प्रतिबन्धमा परे ब्राजिलको राष्ट्रिय टिम र कुनै पनि क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैन ।