रोनाल्डोको आफ्नो करियरमा १२ सयौँ खेल पूरा

काठमाण्डु टुडे २०८० मंसिर २३ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– विश्व प्रसिद्ध फुटबल खेलाडी तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेले पुरा गरेका छन । अल नासेरका लागि अल–रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरेका हुन ।

साउदी प्रो लिग अन्तर्गत अल–रियादलाई ४–१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए । रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ र आफ्नो काम अझै नसकिएको जानकारी गराएका छन ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् ।

रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए । साउदी प्रो लिगले सामाजिक सञ्जालमा रोनाल्डोले १२०० खेल खेलेको पुष्टी गर्दै पोष्ट गरेको छ । यस्तै रोनाल्डोले पनि इन्स्टाग्राममा पोष्ट राख्दै सबैलाई धन्यवाद दिएका छन्, ‘अर्को ३ अंक । मेरो १२०० खेल पुर्‍याउन मद्दत गर्ने सबै टिममेटहरुलाई धन्यवाद ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us