
काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले खराब सुरुवात गरेको छ ।
नेपालविरुद्धको खेलमा पाकस्थिानले दोस्रो विकेट पनि गुमाएको छ । पाकिस्तानको दोस्रो विकेट पनि नेपाली क्रिकेटर गुल्सनले नै लिएका हुन् । उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् ।
ओपनर ब्याट्सम्यान खानले २९ बलमा दुई चौकाको मद्दतले १५ रन बनाउन सफल भएको छ । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ६.४ ओभरमा २३ रन बनाएको छ ।