
काठमाण्डु, २२ मंसिर– यूएई मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।
आज (शुक्रबार) भएको खेलमा नेपनलले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको हो । टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७।२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाउन सफल भएको छ ।