अञ्जन विष्टलाई लिन मैदानमै एम्बुलेन्स आउँदा…

काठमाण्डु टुडे २०८० मंसिर १६ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेपाल सुपर लिग एनएसएलमा आज शनिबार झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलखेलेका छन । काठमाण्डुको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोलबाट अग्रता लिएको पोखरा जित नजिक पुगेको थियो ।

तर इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा गोल गर्दै झापाले हार टारेको छ ।त्यसअघि ५७ औं मिनेटमा झापाका अञ्जन विष्ट घाइते भए । हेड गर्ने क्रममा पोखराका पदम भट्टराईसँग टाउको ठोक्किएपछि उनी मैदानमै ढलेका थिए ।

उनको अवस्था गम्भीर देखेर एम्बुलेन्स नै मैदानमा पुगेको थियो । तर अस्पताल लैजानु भने परेन । केहीबेरपछि मैदान छिरे । तर खेललाई भने उनले निरन्तरता दिन सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us