
काठमाण्डु, ३० कात्तिक– हङकङमा जारी महिला ट्वान्टी–२० सिरिजअन्तर्गत दोश्रो खेलमा बिहीबार नेपाल आयोजक हङकङसँग ९ विकेटले पराजित भएको छ ।
हारसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबार्ट बाहिरिको छ । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । हङकङका लागि नतासा मिल्सले १९ बलमा ४ चौकासहित २७ रन बनाइन् । त्यस्तै शान्जीन शहजादले २२ रन बनाइन् ।
त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो । ५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो ।
हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् । त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले १÷१ विकेट लिए ।