विश्वकप क्रिकेटमा श्रेयस ऐयर र केएल राहुलको शतक

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते १८:३२ मा प्रकाशित

काठमाण्डु,२६ कातिक– आईसीसी विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनााएका छन ।

उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ ।

बैंगलुरुमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको भारतका लागि चौथो नम्बरमा ब्याटिङमा आएका ऐयरले ८४ बलमा शतक पूरा गरेका हुन् ।

उनी १२८ रनमा नट आउट भए । उनले तेस्रो विकेटका लागि विराट कोहलीसँग ७१ रनको साझेदारी गरेका थिए ।

कोहली ५१ रन बनाउन सफल भएका हुन । यस्तै पाँचौं नम्बरमा ब्याटिङ गरेका केएल राहुलले ६२ बलमा शतक पूरा गरे ।

उनी ५० ओभर पूरा हुन १ बल बाँकी छँदा १०२ रनमा आउट भए । ओपनर रोहित शर्मा ६१ र शुभमन गिल ५१ रनमा आउट भएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us