
काठमाण्डु, २२ कातिक– नेपाल यू–१९ एसिया कप क्रिकेटमा भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा छनेट भएको छ ।
एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने भएको छ ।
यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग खेल्ने भएको छ ।
समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान रहेका छन । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् ।
फाइनल खेल १७ डिसेम्बरमा हुने भएको छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने छ ।