
काठमाण्डु, २६ असोज– क्रिकेटर सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्न (यूएई) र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० श्रृंखला आयोजना गरेको हो । खेल १ देखि १० गतेसम्म चल्नेछ । सन्दीपले टिमबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् ।
जीवनको कठिन र चुनौतीपूर्ण समयमा रहेको भन्दै उनले टिमबाट नाम फिर्ता लिएको बताए । ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् । उनले उक्र समय आफ्नो परिवारसँग बिताउने बताए ।
लामिछानेले हालसम्म पाएको आशिर्वाद र शुभकामनाका लागि धन्यवाद भनेका छन् । उनीविरुद्धको नाबालिक बलात्कार मुद्धा अदालतमा विचाराधीन छ । मुद्धाको पेशी तोकिए पनि पटकपटक हेर्न नभ्याइनेमा पर्दै आएको छ ।