
काठमाण्डु, १६ असोज–चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२रन जोड्यो ।
नेपाल र भारतबीच टी–२० मा पहिलोपटक आमनेसामने भएका हुन् ।
भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे । ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरेका जेसवाल दीपेन्द्रसिंहऐरीको बलमा क्याच आउट भए ।
यस्तै भारतका रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे ।
भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रनजोडेको थियो ।
तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे । बलिङमा नेपालकादीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।