भारतविरुद्धको खेलमा सन्दिप लामिछानेले नेपाललाई दिलाए अर्को सफलता

काठमाण्डु टुडे २०८० असोज १६ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, १६ असोज–चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।

लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका हुन् । लामिछानेले जितेश शर्मालाई ५ रनमा क्याच आउट गरे । यअसघि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

नेपालविरुद्ध भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us