
काठमाण्डु–१० असोज–हाङझाउ एसियाली खेलकुदअन्तर्गत नेपालले क्रिकेट खेलमा फरकफरक कीर्तिमान बनाएको छ ।
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी–२० इतिहासमा हालसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो । यसअघि जितको आधारमा ठूलो जित चेकको २५७ रनको थियो ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरू ब्याटर दोहोरो अंकमा रन जोड्न नपाई आउट भए ।
बलिङमा नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले २ ओभरमा १ मेडन राख्दा १ रन रअभिनासले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए । सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए । सोमपाल कामी, कुशलभुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
त्यसअघि मंगोलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो ।
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी–२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघिटी–२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए । यस्तै कुशल मल्लले ३४ बलमैशतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए । यसअघिको सर्वाधिक छिटो अर्धशतको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारसखड्काको नाममा ४९ बलमा थियो ।
दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशकतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। उनले १२ बलको विश्वकीर्तिमान पनि भंग गरेका हुन्। योकीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्कोओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्वकीर्तिमान बनाए। खेलमा कुशल मल्लले५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८छक्का हिर्काए।
त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउटभएका थिए।
खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो।
समूहमा अब नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ।
समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।
टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदकालागि सिनियर टिमलाई पठाएका छैनन्।
भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियालीखेलकुदमा टिम पठाउँदैछ।
एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ।
अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ।
सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ।