हिक्मत कार्कीलाई २४ घण्टाभित्र कोशीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाण्डु टुडे २०८० भदौ २१ गते १८:४५ मा प्रकाशित

काठमाण्डू, २१ भदौसर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकार्कीलाई २४ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको सर्वोच्चले २४ घण्टामा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखकोनाममा परमादेश जारी गरेको हो

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गर्दै ठूलो दलको संसदीय दलको नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीबनाउन परमादेश दिएको

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ गते लिएको विश्वसाको मतलाईबदर गरेको हो

सर्वोच्चले पुनः विश्वासको मत लिन आवश्यक नभएको ठहर गर्दै कार्कीलाई संविधानको धारा १६८ () बमोजिम ४८ घण्टाभित्रमुख्यमन्त्री बनाउन आदेश दिएको हो

थापाले प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसमेतले मतदान गरी न्युनतम ४७ मत पुर्याइएको थियो

‘आदेश प्राप्त भएका मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रकृयाबाट मन्त्रिपरिषद गठन गर्नू/गराउनू भनी प्रत्यर्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेशसमेत जारी गरिएको छ’, आदेशमा भनिएको छ ।

अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सकेको नदेखिँदा उद्धव थापा स्वतः मुख्यमन्त्रीबाट पदमुक्त भएको स्मरण गराएको छ ।

‘२०८०/०५/४ को निर्णय तथा उक्त निर्णयको जानकारी गराउन सोही मितिमा प्रदेश प्रमुखलाई गरेको पत्राचार लगायतका काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’, अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘प्रत्यर्थी मध्येका माननीय उद्धव थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सकेको नदेखिँदा निज स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने भएकाले सो सम्बन्धमा थप बोलिरहन परेन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us