पारस खड्का बागमती क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाण्डु टुडे २०८० भदौ १५ गते १८:५७ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् ।

नयाँ कार्यसमिचि चयनका लागि शुक्रबार भएको निर्वाचनमा खड्का २३ मतसहित विजयी भएका हुन् ।

खड्काका प्रत्यासी उमेश पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा १२ जना खड्काकै टिमबाट चुनिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us