पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

काठमाण्डु टुडे २०८० भदौ १३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ अन्तर्गत पाकिस्तानविरूद्ध उसको घरेलु मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

१० ओभरको समाप्तीमा राम्रो प्रदर्शन गर्न सक्दा पिचमा नेपाली खेलाडी उत्साहित देखिएका छन् ।
पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ ।
नेपालका करण केसीले फखर जमानलाई १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरे । कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा क्याच आउट गरे । यो समाचार तयार पार्दसम्म पाकिस्तानले १९ ओभरमा २ विकेटको क्षतिमा ८४ रन जोडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us