
काठमाण्डु, ६ भदौ– शेयर बजार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।
साताको चौथो दिन बुधबार पनि नेप्से बढेको छ । बुधबार नेप्से २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहका परिसूचक हरियाली भयो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार बजारमा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९ रुपैयाँ बराबरको कारोबार भएकामा बुधबार १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका २ सय ७३ वटा धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ । बुधबार कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भयो ।
कारोबारको आधारमा घोराही सिमेन्टको शेयर सर्वाधिक रह्यो ।