फुटबलर विमल घर्तीमगरले गरे सुटुक्क विवाह

काठमाण्डु टुडे २०८० भदौ ३ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्तीमगर वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

मगरले प्रेमिका लिना प्रधानसँग खुसुक्क प्रेम विवाह गरेका हुन् । उनले काठमाण्डुको भ्रकाली मन्दिरमा विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

विवाहमा दुवैतर्फका सीमित पारिवारिक सदस्य सहभागी थिए । विमल र लिना पाँच वर्षदेखि प्रेममा थिए । विमल शुक्रबारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिर निस्किएका थिए ।

एफसी कप छनोट खेलमा सहभागी भएर विमल हालै मात्र भारबाट फर्किएका थिए । लिना रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us