
काठमाण्डु, ३ भदौ– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ ।
नेप्से २१.९९ अंकले गिरावट भएको हो । योसँगै नेप्से २०११.१४ बिन्दुमा झरेको छ । गत साता लगातार तीन दिनसम्म बढेको नेप्सेमा बिहीबार सामान्य गिरावट आएर बन्द भएको थियो ।
नेप्से घट्नुमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाउनु प्रमुख कारक रहेको लगानीकर्ता बताउँछन् । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले घटेको छ । बैंकिङ उपसूचक ०.२८ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै कारोबार रकममा गिरावट आएको छ । आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।