जंगली च्याउ खाँदा बिरामी भएका आमाछोरीको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १ गते १५:१६ मा प्रकाशित

दाङ, १ भदौ– दाङमा जंगली च्याउ सेवनबाट बिरामी भएका आमाछोरीको ज्यान गएको छ ।

जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्मिताको बुधबार बुटवलमा र ईश्वरीको शुक्रबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीका प्रवक्ता डिएसपी राजन गौतमले बताए ।

ईश्वरीका श्रीमान अयजको घोराहीमा उपचार भइरहेको छ । सुनार परिवारले गत २९ साउनमा जंगली च्याउ खाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us