आठबिसकोटमा सडेको अवस्थामा शव फेला

काठमाण्डु टुडे २०८० साउन ३२ गते १९:४७ मा प्रकाशित

रुकुम, ३२ साउन– रुकुम पश्चिममा एक परुषको शव फेला परेको छ ।

आठबिसकोट नगरपालिका–६ का स्थानीय ४६ वर्षीय आसे बोहरा घरदेखि ६ सय  मिटर टाढा मृत फेला परेको प्रहरीले जनाएको छ ।

नौ दिनदेखि बेपत्ता बोहराको शव सडेको अवस्थामा बिहीबार फेला परेको हो । शव भेटिएको स्थान नजिकै एक थान भरूवा बन्दुक फेला परेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।

आफैंले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो वा अरु कसैले हानेर मारेको भन्नेबारे अनुसन्धान भइरहेको भट्टराईले उल्लेख गरे ।

बोहराको छातीमा गोली लागेको जस्तो देखिने दाग देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us