
काठमाण्डु, ३२ साउन– जिल्ला अदालत काठमाण्डुले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाकी किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।
न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो । पीडिकी आमाको उमेर दुईवटा देखिएको भन्दै पहिला उक्त मिति यकिन गर्न अदालतले आदेश दिएको हो ।
यसअघि गत १५ फागुनमा फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो । यसअघि पटकपटक रोकिएको सुनुवाई लामिछाने जिम्बावेबाट फर्किएछि सुरु भएको थियो ।
लामिछानेविरुद्ध गत २१ भदौमा एक किशोरीले बलात्कृत भएको भन्दै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका बेला आफूविरुद्ध उजुरी परेपछि लामिछाने उतै लुकेका थिए ।
उतैबाट अमेरिका भासिएका लामिछाने प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेपछि नेपाल आएका थिए । प्रहरीले २० असोजमा लामिछानेलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । काठमाण्डु जिल्ला अदालतको कात्तिक १८ को फैसलाले लामिछाने पुर्पक्षका लागि थुनामा गका थिए ।
जिल्लाको आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा मा पुनरावेदन दिए । उच्चले विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर गत २८ पुसमा २० लाख धरौटीमा उनलाई रिहा गरेको थियो ।