
दाङ, ३२ साउन–दाङमा विषालु च्याउ खाएर बिरामी परेकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बङ्गलाचुली गाउँपालिका–४ की अस्मिता सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएपछि बिरामी परेकी उनको बुटवलमा उपचार हुँदै आएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार थप उपचारका लागि बुटवल लगिएको थियो ।
च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको अवस्था गम्भीर छ ।
ईश्वरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा उपचार भइरहेको छ । मृतकका बाबु अजय सुनार पनि बिरामी छन् ।
तर, उनको अवस्था सामान्य रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानले जनाएको छ । उनीहरुले मंगलबार जंगलबाट च्याउ ल्याएर खाएका थिए ।