जर्णेलको नेतृत्वमा चिनियाँ सेनाको टोली नेपाल आउँदै

काठमाण्डु टुडे २०८० साउन ३१ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल आउने भएको छ ।

चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली ‍आज दिउँसो काठमाण्डु आउन लागेको हो ।

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले टोली तीन दिनसम्म नेपालमा रहने बताए । उनका अनुसार चिनियाँ सेनाको प्रतिनिधिमण्डलले प्रधानसेनापति
प्रभुराम शर्मासहित जनरलहरुसँग भेट्ने कार्यक्रम छ ।

भेटवार्ता लगायतका कार्यक्रम रहेको सहायक रथी भण्डारीले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us