ठूलो अवैध रकमसहित दुई चिनियाँ पक्राउ

काठमाण्डु टुडे २०८० साउन ३१ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, ३१ साउन–प्रहरीले श्रोत नखुलेको ३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक गाओ हुई र ताङ जिङ रहेको प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतले बताए ।

पक्राउ परेकाहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी प्रहरीको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us