
काठमाण्डु, ३० साउन– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।
गृहले मंगलबार नुवाकोट, चितवन, सप्तरी र धनुषाका सिडिओ फेरेको हो । चितवनका सिडिओ सुरेन्द्र पौड्याल नुवाकोटको सिडिओमा सरुवा भएका छन् । सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवन तथा नुवाकोटका सिडिओ किरण थापालाई सप्तरी सरुवा गरिएको छ ।
यस्तै धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा ल्याइएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।