केपी ओली भेट्न च्यासल पुगे भीम रावल

काठमाण्डु टुडे २०८० साउन ३० गते १८:१२ मा प्रकाशित

काठमाण्डु, ३० साउन– असन्तुष्ट एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।

ओली भेटेन रावल च्यासलस्थित पार्टी कार्यालय पुगेका थिए । नेकपा विभाजनमा माधव नेपाललाई साथ दिएका रावल पार्टी विभाजनपछि एमालेमै बसेका थिए ।

रावलले १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि दुई नेताबीचको सम्बन्ध थप चिसिएको थियो ।

ओलीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रावललाई टिकट दिएनन् । त्यसपछि रावलले ओलीविरुद्ध सार्वजनिक रुपमै कडा टिप्पणी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us