
काठमाण्डु, ३० साउन–एमाले अध्यक्ष केपी ओलीले आफूहरु सकिने अवस्था आएपछि बाध्य भएर संसद विघटन गरेको बताएका छन् ।
ओलीले नेकपा विवादका कारण ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ओलीले संसद् विघटन नगरेको भए पार्टी नै ध्वस्त हुने दाबी गरे ।
‘हामीले पुस ५ मा गरेको संसद विघटन ठीक थियो’, ओलीले भने, ‘त्यसो नगरिएको थियो भने हामी ध्वस्त हुन्थ्यौं । पार्टी ध्वस्त हुन्यो, वामपन्थी आन्दोलन ध्वस्त ।’ ओलीले आफूहरुलाई झुण्ड्याउन डोरीहरु तयार पारिएको दाबी गरे ।
‘हामीलाई झुण्ड्याउन तयार पारिएका डोरीहरु हामीले छिनाली दियौं’, उनले भने, ‘हामीलाई मार्न ठीक पारेका डोरी हामीले काटिदियौं ।’ षड्यन्त्र असफल भएपछि नेकपामा तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्तालिएको उनको भनाइ थियो ।
ओलीले विघटन गरेको प्रतिनिधिसभा असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले ११ फागुनमा पुनस्र्थापित गरिदिएको थियो । उनले २०७८ जेठ ८ मा दोश्रोपटक संसद विघटनको सिफारिस गरे ।
उक्त विघटनलाई पनि असंवैधानिक भन्दै सर्वोच्चले संसद पुर्नस्र्थापना मात्र गरेन काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी ग-यो ।