माओवादी केन्द्रद्वारा प्रदेश समन्वय समिति विघटन

काठमाण्डु टुडे २०८० साउन २९ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, २९ साउन– नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने भएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो ।

विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको माओवादीका एक नेताले जानकारी दिएका छन ।

यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको ति नेताले जानकारी दिएका छन । स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था गरिएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us