
काठमाण्डु, २९ साउन– कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने जनाएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले जानकारी दिएका छन ।
बैठकपछि कांग्रेस प्रमुख सचेत लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय भएको छ । उनले सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने बताएका छन ।