सप्तकोशीमा विक्रम सम्वत १९८९ यताकै उच्च बाढी

काठमाण्डु टुडे २०८० साउन २९ गते ८:१६ मा प्रकाशित

सुनसरी, २८ साउन–सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च मापन गरिएको छ ।

पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले खतराको संकेत स्वरुप रातो बत्ती बालिएको बताइन् ।

उनका अनुसार बिहान ४ बजे बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन गरिएको थियो । प्रजिअ पाण्डेका अनुसार सप्तकोशीमा विक्रम सम्वत् १९८९ पछि सबैभन्दा धेरै पानीको बहाव मापन भएको छ ।

त्यतिबेला ४ लाख ७२ हजार क्युसेक मापन भएको उनले बताइन् । पाण्डेले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको र उद्धार टोली तयारी अवस्थामा राखिएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us