
काठमाण्डु, २७ साउन- सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा बस्ने ५० वर्षीय विद्यानन्द राय रहेका छन। उनी शुक्रबार बिहान आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले बताएको छ।