
काठमाण्डु, २३ साउन- नेपाली बजारमा दोस्रो दिन सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर कारोबारमा आएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।आज चाँदीको मूल्य पनि घटेको छ ।
महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।