
काठमाण्डु, २२ साउन– नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो। कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रूपैयाँ जरिवाना गरिएको छ ।
गत आर्थिक वर्षमा कुमारी एक पटक कारबाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ । कुमारी बैंकले माघमा सीडि रेसियो उल्लंघन गरेको थियो ।त्यस्तै प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो।
यता सीडी रेसियो उल्लंघनकै अभियोगमा हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार रूपैयाँ जरिवाना तिराइएको छ ।