सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० साउन २२ गते १२:४५ मा प्रकाशित

काठमाण्डु ,२२ साउन- आज नेपाली बजारमा सुनको मूल्यमा घटेको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us