सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० साउन १४ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, १४ साउन- आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कारोवार भएको थीयो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कारोवार भएको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us