
काठमाण्डु, १ साउन– आर्थिक वर्ष २०८०/०८१ को को पहिलो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ ।
नेप्से परिसूचक ४७.०७ बिन्दुले बढेर २१४४.१६ अंकमा पुगेको छ ।
३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो म्युचुअल फन्डबाहेक सबै उपसमूहको सेयर बढेका छन् ।
सबैभन्दा बढी विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखियो । २ सय ५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ ।
१४ करोड ८६ लाख रुपैयाँभन्दा बढी कारोबार हुँदा शिवम् सिमेन्टको शृयर सबैभन्दा बढी किनबेच भए ।