नेप्से २८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाण्डु टुडे २०८० असार २४ गते १६:२५ मा प्रकाशित

काठमाण्डु ,२४ असार- साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको हो । आज बजारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्री हुदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक नाफा कमाउनेमा  रावा इनर्जी डेभलपमेन्ट र सिटी होटल लिमिटेड रहेका छन । यस्तै  हिमालयन्स लाइफ इन्सयोरेन्स १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us