सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० असार २२ गते १२:४८ मा प्रकाशित

काठमाण्डु,२२ असार- साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो।आज छापावल सुनको मूल्य प्रतीतोला एक लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० कायम भएको छ ।

बिहिबार छापावल सुन एक लाख १० हजार ७ सय रुपैयाँमा र तेजावी सुनएक लाख १० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us