सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० असार २१ गते १४:२९ मा प्रकाशित

काठमाण्डु,२१ असार –  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो। आज छापावाला सुन तोलाको १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले बढेको हो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार १५० रुपैयाँमा करोबार भइरहेको छ ।

यस्तै आज  चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us