नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० असार १९ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, १९ असार- आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्न सफल भयो।नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे।

उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।इस्तै ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए।

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए। भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रन गरे।

यस्तै दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए भने सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए।बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २-२ विकेट लिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us