नेप्सेमा २१ अंककाे गिरावट

काठमाण्डु टुडे २०८० असार १८ गते १५:५४ मा प्रकाशित

काठमाण्डु,१८ असार- साताको दोस्रो कारोवारको दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

आज नेप्से २१.३२ अंकले घटेर २०७५.३२ बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम भने घटेको छ ।सोमबार सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र विपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सकारात्मक सकिर्ट लेबलमा भएको छ भने कारोबारका आधारमा यसदिन हिमालयन लाइफ इन्सयोरेन्स लिमीटेड २३ करोड ९४ लाख ४५ हजार ७८५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us