उच्च अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बभन्दा बढी

काठमाण्डु टुडे २०८० असार १७ गते १६:३७ मा प्रकाशित

काठमाण्डु ,१७ असार- साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ।

आज नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा कायम भएको हो ।यस्तै आन कारोबार रकम ५ अर्ब नाघेको छ । आजको दिन विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको हो ।

आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर आज सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा हिमालयन लाइफ इन्सयोरेन्सको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us