यूएई विरुद्व नेपालले दोस्रो बलमै विकेट लियो

काठमाण्डु टुडे २०८० असार १७ गते १३:१७ मा प्रकाशित

काठमाण्डु ,१७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले यूएई विरुद्व दोस्रो बलमै विकेट लिएको छ ।

टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए ।

पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेका थिएन । नेपाल र यूएईबीच सातौं वरीयताका लागि प्लेअफ चरणको खेल भइरहेको छ । यूएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् ।

जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us