सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डु टुडे २०८० असार १५ गते १२:३५ मा प्रकाशित

काठमाण्डु ,१५ असार- शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदी१० रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी सुनको मूल्य एक लाख एक हजार ९०० र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन एक लाख ९ हजार ४०० र तेजावी सुन एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै हिजो १ हजार ३७० रुपैयाँ प्रतितोलामा चाँदीको खरिद बिक्री भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us