साफ च्याम्पियनसिप : पाकिस्तानमाथि नेपालको सान्त्वना जीत

काठमाण्डु टुडे २०८० असार १२ गते १८:११ मा प्रकाशित

काठमाण्डु ,१२ असार- जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ ।

साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।

अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us