
काठमाण्डु ,१२ असार- साताको तेस्रो कारोवाररको दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।
साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक ९२.६७ प्रतिशत० ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
आजको दिन नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएका छन् भने दुई दर्जन बढी कम्पनीको शेयरमा सकिर्ट लागेको छ ।आज १ करोड ३१ लाख ७ हजार ८० कित्ताको खरिदबिक्री हुदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।
आज २३ लघुवित्त संस्थाहरुको शेयरमा सकारात्मक सकिर्ट लागेको छ भने एक लाइफ इन्सयोरेन्स कम्पनी र एनर्जी कम्पनीको शेयरमा गरि कुल २५ कम्पनीको सयरमा सकिर्ट लागेको छ ।
त्यस्तै, करोबारका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था २५ करोड १२ लाख ३३ हजार ६९४ रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।