नेदरल्याण्ड्सविरुद्ध सन्दीपले लिए पहिलो विकेट

काठमाण्डु टुडे २०८० असार ९ गते १७:३४ मा प्रकाशित

काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । १ सय ६८ रनको सामान्य लक्ष्य पच्छ्याइरहेको नेदरल्यान्ड्सले ८६ रन जोड्दा पहिलो विकेट गएको हो ।

नेदरल्यान्ड्सलाई जितका लागि ३७ ओभरमा ८२ रन आवश्यक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us