
काठमाण्डु ,९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे ।
कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भिम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पभेलिन फर्किएका थिए ।
बास डि लिड्स र बिक्रमजित सिंहले दुईदुई विकेट हात पारे ।