नेपालको नवौं विकेट पनि गुम्यो

काठमाण्डु टुडे २०८० असार ९ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध नवौ विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । उनको विकेट बास डी लिड्सले लिए ।

करणको क्याच पनि बासले नै लिएका थिए । करण एक रनमात्र बनाउन सके ।अब क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us