
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागी दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् । ऐरी लोगन भान विकको बलमा क्याचआउट हुन पुगे ।
नेपालले ३३.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका छन् भने कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन बनाएका छन् ।